काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज बढेको छ । हिजो सुनको भाउ प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा सात सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजार एक ३ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदीको भाउ प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२ सय ५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।