Logo

सोमवार, आश्विन २६ गते २०८३

images

बैंक तथा वित्तीय संस्था पनि आइतबार बिदा हुने

बैंक तथा वित्तीय संस्था पनि आइतबार बिदा हुने

दैनिकी न्यूज

२८, बैशाख २०७९
बैंक तथा वित्तीय संस्था पनि आइतबार बिदा हुने
images

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू पनि आइतबार बिदा हुने भएको छ।

बुधबार नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै जेठ १ देखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरू, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गरेको हो।

राष्ट्र बैंकले सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ५ः३० बजेसम्म हुने गरी तय गरेको छ । यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ४ः३० बजेसम्म हुने राष्ट्र बैंकले जनाएको छ।

images
प्रकाशित मिति :बैशाख २८, २०७९ बुधवार - २०:२८:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology