Logo

सोमवार, आश्विन २६ गते २०८३

images

राज घिमिरेलाई यसकारण पनि स्थानीयले रोज्नुपर्छ

राज घिमिरेलाई यसकारण पनि स्थानीयले रोज्नुपर्छ

दैनिकी न्यूज

२७, बैशाख २०७९
राज घिमिरेलाई यसकारण पनि स्थानीयले रोज्नुपर्छ
images

ललितपुर । समाजमा निस्वार्थ काम गर्ने मानिसको खडेरी छ । एकाध मानिसमात्रै सामाजिक काममा निस्वार्थ भावनाले खटिएका हुन्छन् । उनीहरु अरुको भलो चाहन्छन् । अरुबाट कुनै स्वार्थ बोकेका हुँदैनन् । यस्तै प्रवृतिका व्यक्ति हुन् गोदावरी नगरपालिका –३ मा वडाध्यक्षका उम्मेदवार बनेका राज घिमिरे । उनी स्थानीयको सेवा र सामाजिक कार्यमा दौडन लागेको एक दशक भयो । त्यसबापत् के पाउनुभयो ? जवाफमा उनी भन्छन्, ‘मलाई खुशी मिल्यो, म कसैको सहारा बन्नु मेरो लागि अवसरको कुरा हो ।’ उनले आफूले वडामा गरेको सामाजिक काम र नेकपा माओवादी केन्द्रमा गरेको योगदानका आधारमा यसपटक वडाको टिकट पाएको बताए । तर उनले वडामा राजनीति नभएर समाजसेवा गर्ने बताए । ‘जनप्रतिनिधिले राजनीति गर्ने होइन, सेवा गर्ने हो, म पनि सेवक भएर काम गरेको छु र गर्नेछु,’ उनले भने, ‘यसपटक वडाको नेतृत्व लिन पाएमा यहाँका स्थानीयको सेवामा थप समर्पित हुनेछु ।’

आफूले सामाजिक क्षेत्रमा गरेका काम देखेरै पार्टीले आफूलाई अघि सारेको उनको भनाई छ । ‘मैले गोदावरी क्षेत्रमा लामो समय काम गरे, समाजसेवीको रुपमा लामो समय खटिएकोले पनि पार्टीले मुल्यांकन गरेको छ,’ उनले सुनाए, ‘आफूले जहाँ सेवा गरिन्छ र दुःख भोगिन्छ त्यो ठाउँमा नेतृत्व गर्र्ने इन्छा हुने रहेछ ।’

उनले आफूले चुनाव जिते वडामा सबै विषय र क्षेत्रमा योजनावद्ध रुपमा काम गर्ने बताएका छन् । आफ्नो वडा निर्माण गर्ने योजनालार्ई पुरा गर्नको लागि उनले स्थानीयबाट भोटको अपेक्षा गरेका छन् ।

यस्तो छ उनको विगत
उनी कुनै बेला गाउँभरिका केटाकेटी जम्मा गर्थे । ट्युसन पठाउथे । त्यसवापत मात्रै खाजाको आशा राख्थे । अन्य कुनै शुल्क लिँदैनथे । स्कूले जीवन पढ्दा अभिनेता राज घिमिरेको दैनिकी यस्तै थियो । दिनभरी मजदुरी र ज्यामी काम गर्थे उनी । पढ्दापढ्दै उनी परिश्रमी बनेका थिए । कसैले केही पैसा दिन्छ भने अरुको मजदुरी गर्न काम गरिदिन्थे । विहान बेलुकी काम गरेर पढाई खर्च जुटाउँथे । ‘म त्यसै हिरो भएको होइन, यति दुःख भोगेँ रत समाज र कलाकारितालाई राम्ररी चिन्न सक्छु,’ उनी भन्छन्, ‘पछिल्लो एक दशकदेखि म समाज सेवातर्फ लागेको छु ।’

उनी अहिले गोदावरी नगरपालिका–का वडाध्यक्ष उम्मेदवार हुन् । उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् ।
‘लुट र चपली हाइट’ फिल्मबाट उनी चर्चामा आएका थिए । त्यसपछि उनी कलाकारितालाई साइटमा राखेर समाजसेवालाई मुलधारमा राखे । करिब १२ वर्ष भयो उनी कलाकारितामा लागेको ।
२०५५ सालमा डालोमा दालमोट वदान बेच्न हिड्थे । सित्तैमा ट्युसन पढाउथे, खेताला जानेलगायत अनेकन दुःख भोगेका छन् उनी।
उनले किट्नी कलेजमा प्सल टु गरेका थिए । त्यतिबेला पढाई शुल्क बुझाउने रकम नभएर आमाको तिलरी र खड्खुलो बेचेका थिए । ‘१८ सयमा तिलरी र खड्खुलो बेचेर पढेको हुँ,’ उनले सुनाए, ‘त्यति गरेर पनि पढाइमा ‘टप’ भएको थिएँ ।’ घरको आर्थिक अवस्था निकै नाजुक भएकाले पनि उनी प्लस टु भन्दा माथिको शिक्षा हासिल गर्न पाएनन् । पढाइ छाडेपछी उनी फिल्मी क्षेत्र र पाटन क्षेत्रमा ट्युसन पढाउने काम गर्थे । त्यहीँ शिलशीलामा फिल्मी क्षेत्रमा काम गर्न अवसर पाएपछि उनले बाटो मोडेका थिए ।

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - २३:१३:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology