Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यसकारण पनि महालक्ष्मीमा शिव कट्टेललाई जिताउनुपर्छ

यसकारण पनि महालक्ष्मीमा शिव कट्टेललाई जिताउनुपर्छ

देवीदत्त पौडेल

२७, बैशाख २०७९
यसकारण पनि महालक्ष्मीमा शिव कट्टेललाई जिताउनुपर्छ
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको नेतृत्व गर्ने इच्छाशक्तिसहित शिव प्रसाद कट्टेल चुनावी मैदानमा छन् । लामो समय सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय उनी यसपटक नगरवासीको सेवाकै लागि मेयर बन्न लागेका हुन् । निर्वाचन आयोगको आचारसंहिता अनुसार उनी तोकिएको समयमा जनताको घरघरमा पुगेर चुनावी अजेण्डा साट्दै आफूलाई जिताउन अपिल गर्दै आइरहेका छन् । स्थानीयको समस्यामा हातेमालो गर्ने र समस्या समाधान गरिदिन महानगरको नेतृत्वमा पुग्न चाहेको भन्दै उनले यसपटक आफूलाई जिताउन अनुरोध पनि गरेका छन् । उनी घर दैलो अभियान अन्तर्गत सबै वडाका स्थानीयवासीको घरघरमा पुगेका छन् । उनले यसपटक चुनावमा जिते हालसम्मकै उत्कृष्ट काम गर्ने प्रतिवद्धता गरेका छन् ।

त्यसो त शिव कट्टेल ललितपुरको महालक्ष्मी क्षेत्रमा निकै चर्चित छन् । यहाँको समुदायसँग उनी तीन दशकदेखि सामिप्यता गास्दै आएका छन् । ‘मैले राजनीतिलाई समाज सेवाको रुपमा लिएको छु, तीन दशकदेखि महालक्ष्मीको विकासको लागि कुनै न कुनै पक्षबाट भुमिका निर्वाह गरेको छु,’ उनल भने, ‘त्यसकारण पनि यहाँका स्थानीयवासीले मलाई भोट दिनुहुन्छ भन्ने विश्वास लिएको छु।’ उनीसँग लामो समय सामाजिक र स्थानीय स्तरका रहेर राजनीतिक नेतृत्व गरेको अभुवन छ । अनुभव, भुमिका र स्थानीयको माग अनुसार नै उनी महालक्ष्मीको मेयरको प्रत्यासी बनेका हुन् । ‘म महालक्ष्मीलाई व्यवस्थित पार्न चाहन्छु, यहाँको भित्रि सहर, खानेपानी, सडक, संस्कृति, पर्यटन, रोजगार, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने योजना लिएर उम्मेदवार बनेको छु,’ उनले भने, ‘विगतमा हुन नसकेका काम र नयाँ थप योजनाअनुसारका काममा म पाँच वर्ष अहोरात्र खटिने छु ।’

महालक्ष्मी क्षेत्रमा पर्यटन विकास, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, सम्पदा संरक्षण र भित्रि सहरको व्यवस्थापनलाई उनले पाँच वर्षमा आफूले गर्ने मुख्य कामभित्र समेटेका छन् । आफू उम्मेदवार भए नगरपालिकाको शिक्षा क्षेत्रलाई पनि सुधार गर्ने उनको योजना छ । त्यस्तै, रोजगार सिर्जना गर्ने, परम्परागत हस्तकलाका सामानलाई बजारीकरण गर्ने, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनेलगायत योजना पनि उनको घोषणापत्रमा समावेश गरेका छन् ।

कट्टेल २०४९ सालदेखि माओवादी राजनीतिमा औपचारिक प्रवेश गरेका थिए । त्यसपछि २०६२÷०६३ को राजनीतिक द्धन्द्धकालमा उनी आन्दोलनमा होमिए । त्यसपछिका राजनीतिक गतिविधिमा उनी थप सशक्त भएर लागिपरे । राजनीतिकसँगै सामाजिक कार्यमा पनि उनी सहभागि भए । उनी आफू जान्नेबुझ्ने भएपनि राजनीतिक र सामाजिक गतिविधि र परिवतर्नको पक्षमा रहँदै आए । त्यस्तै समाजसेवामा पनि उनी लामो समय टिकिरहेका छन् । हालसम्म पनि राजनीतिक र समाजिक कार्यलाई एकैसाथ अघि बढाइरहेका छन् ।

यी हुन उनलाई जिताउने आधार
- उनले आफू निर्वाचित भए नगरपालिका भित्रको प्रशासनिक सुधार गर्ने, प्रशासनिक भवन निर्माण गर्ने योजनालाई पनि अघि सारेका छन् ।
- त्यस्तै भित्री सहरमा देखिएका खानेपानी, ढल र सडकको समस्या पनि समाधान गर्ने उनको योजना छ ।
- लाकुरी भन्ज्याङलाई थप व्यवस्थित पारी पाटन क्षेत्रमा आएका पर्यटकलाई उक्त क्षेत्रमा लैजाने उनको योेजना छ ।
- रिङरोड प्रवेशद्धार ग्वार्कोमा अत्यन्तै ट्राफिक जाम बढेको छ । महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार कट्टेले आफू निर्वाचित भए पाँच वर्षमा ग्वार्कोमा फ्लाई ओभर निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
- नक्सापास बिनानै बनेका र करको दायरामा नआएकालाई छुटसहित नक्सापार र करको दायरामा ल्याउने कट्टेलको भनाई छ ।
- कर तिर्न वाँकी र नक्सापास नगर्नेलाई विषेश छुट दिएर भएपनि करको दायरामा ल्याउने उनको योजना छ ।
- उनी निर्वाचित भएपनि नगरपालिकामा दीर्घ रोगीलाई निशुल्क औषधी वितरण गरिने छ ।
- पालिकाका स्वास्थ्य चौकीबाट उपचार सम्भव नभएका र अन्य विरामीले यस अस्पतालमा उपचार सेवा लिन सक्नेछन् ।
- पालिकाले निर्माण गर्ने अस्पतालमा सहुलियतामा उपचार सेवा लिन पाइने छ । त्यस्तै पालिकाभरीका दीर्घरोगीलाई निशुल्क औषधी वितरण गरिने छ ।

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - २२:४७:२६ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology