Logo

सोमवार, आश्विन २६ गते २०८३

images

राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान

दैनिकी न्यूज

२६, बैशाख २०७९
राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान
images

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को बजेट अधिवेशन जेठ ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको हो ।

यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते मङ्गलवार दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ । पूर्व बजेट छलफल सामान्यतया झन्डै एक महिना गर्नुपर्ने भए पनि यस पटक पालिका चुनावका कारण बजेट प्रस्तुत गर्ने मितिभन्दा १२ दिनअघि मात्रै अधिवेशन सुरु गर्ने गरी सरकारले सिफारिस गरेको हो ।

images
प्रकाशित मिति :बैशाख २६, २०७९ सोमवार - ०६:१९:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology