Logo

सोमवार, आश्विन २६ गते २०८३

images

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन

दैनिकी न्यूज

२४, बैशाख २०७९
यो वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन
images

काठमाडौं । यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर यस्तो आँकलन गरेको हो ।

विभागले नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आँकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्री–मनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी सो आँकलन तयार पारेको जनाइएको छ ।

विभागले विश्व मौसम संगठनको विश्वभर र क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आँकलन, विभागको आँकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनलाई समेत आधार मानेको जनाइएको छ ।

विभागले सन् २०२० देखि आफैं पनि मनसुनको अवधि र हिउँदको अवधिको मौसम आँकलन गर्दै आएको छ ।

विभागकी वरिष्ठ मौसमविद् डा। इन्दिरा कँडेलले अहिलेको मौसमको अवस्था हेरेर पछि हुने अवस्थाको आँकलन गरी यस्तो विवरण सार्वजनिक गरिएको बताइन् । उनले विगत ३० वर्षको मनसुनको समयको अवस्थालाई विश्लेषण गरेर यस्तो तथ्य निकाल्ने गरिएको बताइन् ।

उनका अनुसार, ३३।३ प्रतिशतभन्दा तललाई सरदरभन्दा कम, सोदेखि माथि ६६।६ प्रतिशतसम्मलाई सरदर र त्योभन्दा माथि भएमा सरदरभन्दा बढी पानी पर्ने अवस्था रहेको मान्ने गरिन्छ ।

विभागले प्रदेश नम्बर १ को उत्तरी भूभाग, मधेस प्रदेशको अधिकांश भूभाग र बाग्मती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेको छ । ती क्षेत्रहरूमा बढी वर्षा हुने सम्भावना ९३४ देखि ६५ प्रतिशत० रहेको विभागले जनाएको छ ।

विभागबाट प्राप्त विवरणअनुसार प्रदेश १ को उत्तरी भूभाग, मधेस प्रदेशको अधिकांश भूभाग र बाग्मती प्रदेशको दक्षिणी भूभागमा सरदर वर्षा हुने आँकलन छ । त्यसको सम्भावना ९३५ देखि ४५ प्रतिशत० अनुमान गरिएको छ ।

विभागले प्रदेश १ का तराईका भूभाग, बाग्मती प्रदेशका उत्तर–पूर्व, गण्डकी प्रदेशका दक्षिण भूभाग, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उत्तर–पश्चिम र सुदूरपश्चिमका उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेको छ ।

यस्तै, सुदूरपश्चिमको पूर्वी भूभाग कर्णाली प्रदेशका मध्य, गण्डकी प्रदेशका मध्यपश्चिम, प्रदेश १ को मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ९४५ देखि ५५ प्रतिशत० रहेको विभागले जनाएको छ । गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ९३५ देखि ५५ प्रतिशत० रहेको छ ।

विभागका महानिर्देशक कमलराम जोशीले गत वर्षको मनसुनका अवधिमा जम्मा ६ वटा मौसम प्रणाली मात्रै सक्रिय भएकामा यसपटक भने धेरैजसो क्षेत्रमा सक्रिय हुने आँकलन गरिएको बताए । उनले यसैअनुरूप पूर्वतयारी र प्रतिकार्य योजना बनाउन जरुरी रहेको बताए ।

जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा। अर्चना श्रेष्ठले यो वर्ष पनि सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको भन्दै बेलैमा सचेत रहन आग्रह गरिन् । उनले मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आआफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गरिन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :बैशाख २४, २०७९ शनिवार - ०६:१४:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology