Logo

सोमवार, आश्विन २६ गते २०८३

images

आज पनि देशभर मध्यम वर्षा हुने

आज पनि देशभर मध्यम वर्षा हुने

दैनिकी न्यूज

२३, बैशाख २०७९
आज पनि देशभर मध्यम वर्षा हुने
images

काठमाडौं । हाल वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा हाल स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ।

अहिले प्रदेश नम्बर-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश(१, मधेस प्रदेश, वाग्मती, गणडकीका केही स्थानहरूमा एवं लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका अरू भूभागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

images
प्रकाशित मिति :बैशाख २३, २०७९ शुक्रवार - १३:३९:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology