Logo

सोमवार, आश्विन २६ गते २०८३

images

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित

दैनिकी न्यूज

२३, बैशाख २०७९
कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित
images

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी दिएका तथा उनीहरुका प्रस्ताव तथा समर्थकहरु पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बागी र प्रस्तावक तथा समर्थकहरुको पार्टी सदस्यता पार्टीको विधानबमोजिम समाप्त भई स्वतः निष्कासन भएको जनाएको हो ।

त्यस्ता विद्रोही उम्मेदवार, उनीहरुका प्रस्तावक र समर्थकहरुको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरुको अन्तिम नामावलीहरुको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपीसहित तत्काल केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिहरुलाई कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको छ ।

विद्रोही उम्मेदवारहरुले आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गरी सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निस्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न यसअघि नै अनुरोध गरेको थियो । तर चितवनको भरतपुर र पोखरा लगायतका क्षेत्रका कांग्रेसका बागी उम्मेदवारहरुले पार्टीको त्यस्तो आग्रहलाई अस्वीकार गरेका थिए । राजधानी दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :बैशाख २३, २०७९ शुक्रवार - ०६:२१:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology