Logo

सोमवार, आश्विन २६ गते २०८३

images

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जना पक्राउ

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जना पक्राउ

दैनिकी न्यूज

२२, बैशाख २०७९
यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जना पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १३ एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बागमतीमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गरेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्ने ३४ वर्षीय सुजन बुढाथोकी, ललितपुर बस्ने दोलखा, दोलखा गाउँपालिका–७ घर भएका ३४ वर्षीय विवेक थापा, ललितपुर बस्ने धनुषा वटेश्वर घर भएका ३५ वर्षीया दुनिया बहादुर राउत, ललितपुर इमाडोल बस्ने काभ्रे महाभारत गाउँपालिका–५ घर भएका २२ वर्षीय विशाल तामाङ, ललितपुर महानगरपालिका–१४ बाडेगाउ घर भएका ३९ वर्षीय सुनिल बज्रचार्य, ललितपुर महानगरपालिका–१० पाटनढोका घर भएका ३६ वर्षीय महेश सुवेदी, ललितपुर भैसेपाटी बस्ने रामेछाप लखनपुर घर भएका २६ वर्षीय शिव दर्जी, एकान्तकुना बस्ने ललितपुर गोदावारी नगरपालिका–१३ घर भएका २६ वर्षीय राजेश सुनुवार, ललितपुर कुसुन्ती बस्ने बारा निजगढ नगरपालिका घर भएका २४ वर्षीय रोशन घिमिरे र ललितपुर बस्ने काभ्रे शिखर अंबोटे घर भएका ३३ वर्षीय कमल लामा रहेका छन् ।

विगत लामो समयदेखि उक्त कार्यालय परिसर तथा वाहिर समेत अनाधिकृत रुपमा मानिसहरु भेला भई कार्यालयमा आफ्नो ब्यक्तिगत कामको लागि आउने सेवाग्राहीहरुलाई अनावश्यक रुपमा झन्झटमा पारी कार्यालयको काममा समेत वाधा अवरोध पुर्‍याउने, सेवा लिन अबरोध गर्ने, अभद्र व्यवहार गर्ने कार्य गरेको भन्ने जनगुनासो प्राप्त भएकोमा सो कार्यालय वरपर सार्वजनिक सडक वाटोमा हुल भई वसी सर्वसाधारणलाई कार्यालयबाट प्राप्त गर्ने सेवाहरु प्राप्त गर्न अवरोध गर्ने तथा अभद्र व्यवहार गर्ने कार्यमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई उनीहरु उपर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :बैशाख २२, २०७९ बिहिवार - ०८:२२:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology