Logo

सोमवार, आश्विन २६ गते २०८३

images

मतदाताको सुरक्षाका लागि माओवादीले गठन गर्‍यो 'भी-फोर्स'

मतदाताको सुरक्षाका लागि माओवादीले गठन गर्‍यो 'भी-फोर्स'

दैनिकी न्यूज

२२, बैशाख २०७९
मतदाताको सुरक्षाका लागि माओवादीले गठन गर्‍यो 'भी-फोर्स'
images

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आचारसंहिताविपरीत सिन्धुपाल्चोकमा नेकपा एकीकृत माओवादी केन्द्रले मतदाता रक्षा दल (भी–फोर्स) गठन गरेको छ ।

एक बुथ २५ युथ अवधारणासहित प्रत्येक पालिका र वडामा मतदाता रक्षा दल गठन गरिएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले जानकारी दिए ।

जिल्लाभर चार हजारभन्दा बढी भी–फोर्समा युवा सङ्गठित भएका छन् । मतदाताको सुरक्षा गर्ने, मतदातालाई सहजीकरण गर्ने र स्वयंसेवकको भूमिका निर्वाह गर्न मतदाता रक्षा दल गठन गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य माधवप्रसाद सापकोटाले जानकारी दिए ।

उनले भी–फोर्स केन्द्रीय तहबाट आएको निर्देशन र निर्णय नभई जिल्लाकै निर्णय भएको बताए । युवा जमात वाईसीएल सङ्गठनलाई सक्रिय र गतिशील बनाउन भी–फोर्स गठन गरिएको उनको भनाइ छ ।

निर्वाचन आचारसंहिताले कुनै पनि दलले यस्ता दस्ता निर्माण गर्न रोक लगाएको छ तर माओवादी केन्द्रले भी–फोर्स गठन गरेर आचारसंहिता अटेर गरेको छ ।

यस्तै सिन्धुपाल्चोकमा नेकपा एमाले, नेपाली काँग्रेस, एमाओवादी केन्द्र, राप्रपा, समाजवादी र अन्य दलले निर्वाचन आचारसंहिता र मापदण्डविपरीत तुल, ब्यानर, भित्तेलेखन, टिसर्ट, ज्याकेट, टोपी, झन्डा प्रचारप्रसारमा प्रयोग गरिरहेका छन् । जिल्ला निर्वाचन अधिकृत विकास रिजालले सबै दललाई निर्वाचन आचारसंहिताविपरीतका काम तत्काल रोक्न निर्देशन दिएको बताए । गोरखापत्र दैनिकमा चित्र मिजारले खबर लेखेका छन् ।

images
प्रकाशित मिति :बैशाख २२, २०७९ बिहिवार - ०७:१६:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology