Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आजदेखि राज घिमिरेको घरदैलो अभियान शुरु, जिरोदेखि हिरोसम्म, हिरोदेखि वडाध्यक्षसम्म

आजदेखि राज घिमिरेको घरदैलो अभियान शुरु, जिरोदेखि हिरोसम्म, हिरोदेखि वडाध्यक्षसम्म

दैनिकी न्यूज

२०, बैशाख २०७९
आजदेखि राज घिमिरेको घरदैलो अभियान शुरु, जिरोदेखि हिरोसम्म, हिरोदेखि वडाध्यक्षसम्म
images

ललितपुर । कुनै बेला गाउँभरिका केटाकेटी जम्मा गर्थे । ट्युसन पठाउथे । त्यसवापत मात्रै खाजाको आशा राख्थे । अन्य कुनै शुल्क लिँदैनथे । स्कूले जीवन पढ्दा अभिनेता राज घिमिरेको दैनिकी यस्तै थियो । दिनभरी मजदुरी र ज्यामी काम गर्थे उनी । पढ्दापढ्दै उनी परिश्रमी बनेका थिए । कसैले केही पैसा दिन्छ भने अरुको मजदुरी गर्न काम गरिदिन्थे । विहान बेलुकी काम गरेर पढाई खर्च जुटाउँथे । ‘म त्यसै हिरो भएको होइन, यति दुःख भोगेँ रत समाज र कलाकारितालाई राम्ररी चिन्न सक्छु,’ उनी भन्छन्, ‘पछिल्लो एक दशकदेखि म समाज सेवातर्फ लागेको छु।’ उनी अहिले गोदावरी नगरपालिका–का वडाध्यक्ष उम्मेदवार हुन् । उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् ।

‘लुट र चपली हाइट’ फिल्मबाट उनी चर्चामा आएका थिए । त्यसपछि उनी कलाकारितालाई साइटमा राखेर समाजसेवालाई मुलधारमा राखे । करिब १२ वर्ष भयो उनी कलाकारितामा लागेको । २०५५ सालमा डालोमा दालमोट वदान बेच्न हिड्थे । सित्तैमा ट्युसन पढाउथे, खेताला जानेलगायत अनेकन दुःख भोगेका छन् उनी।

उनले किट्नी कलेजमा प्सल टु गरेका थिए । त्यतिबेला पढाई शुल्क बुझाउने रकम नभएर आमाको तिलरी र खड्खुलो बेचेका थिए । ‘१८ सयमा तिलरी र खड्खुलो बेचेर पढेको हुँ,’ उनले सुनाए, ‘त्यति गरेर पनि पढाइमा ‘टप’ भएको थिएँ ।’ घरको आर्थिक अवस्था निकै नाजुक भएकाले पनि उनी प्लस टु भन्दा माथिको शिक्षा हासिल गर्न पाएनन् । पढाइ छाडेपछी उनी फिल्मी क्षेत्र र पाटन क्षेत्रमा ट्युसन पढाउने काम गर्थे । त्यहीँ शिलशीलामा फिल्मी क्षेत्रमा काम गर्न अवसर पाएपछि उनले बाटो मोडेका थिए।

अहिले उनी फिल्मी क्षेत्रमा मात्रै लागेका छैनन् । समाजलाई सपार्ने र सम्मुन्त सपना बोकेर हिडेका छन् । आफूले भोगेको दुःख बिर्सेर गरिबलाई सहयोगमा खटेका छन् । गोदावरी क्षेत्रमा सोलार बत्ती बाल्ने, सडक बनाउन पहल गर्ने, स्थानीयलाई प्रशासनिक कार्यमा झन्झट भएको थाहा पाए तुरुन्त गएर काम छिटो सकाउने पहल गरिदिने, बन्द सडक खुलाउन पहल गर्ने, किसानका समस्या हल गर्न पहल गर्ने, उपचार गर्न नसक्नेलाई आर्थिक सहयोग गर्नेलगायत थुपै कार्य गरेका छन्।

घरदैलो अभियान शुरु
यसैबीच गोदावरी नगरपालिका वडा नं. ३ मा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीले आज संयुक्त रुपमा बृहत संयुक्त घरदैलो अभियान शुरु गरेको छ । गोदावरी बसपार्कबाट र्यालि सुरु भै टौखेलमा पुगि कोणसभा गरि अन्त्य भएको वडाअध्यक्षका उम्मेदवार राज घिमिरेले जानकारी दिए । कार्यक्रममा एकीकृत समाजबादीका उपमेयरका उम्मेदवार श्यामकृष्ण सिल्वालसहितको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - १४:०७:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology