गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सोमबार साँझ सिरानचोक गाउँपालिका–५ आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिएका छन् ।
बा। १४ च ७८१ नम्बरको जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उनको भनाइ छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन बाँकी रहेको एसपी खनालले जानकारी दिए ।