काठमाडौं । सरकारले आज (मंगलबार) देशैभरी सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) का अवसरमा आज (२० वैशाख) सार्वजनिक विदा दिएको हो।
मन्त्रालय प्रवक्ता फडिन्द्रमणि पोखरेलले सोमबार सूचना जारी गर्दै मंगलबार बिदा दिइएको जानकारी दिएका हुन्।
गृह मन्त्रालयका अनुसार नेपाल राजपत्रमा गत फागुन २६ मा प्रकाशित सूचनाअनुसार इद उल फित्र पर्वमा सार्वजनिक विदाको व्यवस्था गरिएकाले सोहीअनुसार मंगलबार विदा दिइएको हो।