Logo

सोमवार, आश्विन २६ गते २०८३

images

महानिरीक्षक नियुक्तिविरुद्ध रिटमा बुधवार सुनुवाइ हुने

महानिरीक्षक नियुक्तिविरुद्ध रिटमा बुधवार सुनुवाइ हुने

दैनिकी न्यूज

२०, बैशाख २०७९
महानिरीक्षक नियुक्तिविरुद्ध रिटमा बुधवार सुनुवाइ हुने
images

काठमाडौं । नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक ९आईजीपी०मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका अर्का अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । पोखरेलले आफू सिंहभन्दा सिनियर भएको र एक महिनाअघि मात्रै एआईजी भएका सिंहलाई आईजी नियुक्त गरेको भन्दै आफ्नो पक्षमा परमादेश माग गर्दै रिट दर्ता गरेका हुन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार पोखरेलको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि बुधबारलाई पेसी तोकिएको छ । गृह मन्त्रालयले आईजीपीका लागि गरेको सिफारिसमा पोखरेल पहिलो नम्बरमा र सहकुल थापा दोस्रो नम्बरमा थिए । आइतबार सरकारले तेस्रो नम्बरका सिंहलाई महानिरीक्षक बनाएको थियो । एआईजीपी पोखरेलले रिटमा बढुवाको निर्णय यथास्थितिमा राख्न र अदालतबाट न्याय निरुपण नभएसम्म आफूलाई कायममुकायम महानिरीक्षकका रूपमा काम गर्न दिनुपर्ने मागदाबीसमेत गरेका छन् ।

‘मेरै सुपरीवेक्षण, नियन्त्रण र निर्देशनमा रहेको र मैले नै कार्यसम्पादन मूल्यांकन गरेको निज विपक्षी मन्त्रिपरिषद्को स्वेच्छाचारी निर्णयको कारण मेरै सुपरीवेक्षक बन्ने, मैले कमान्ड गरेको व्यक्तिको कमान्डमा निजभन्दा वरिष्ठ व्यक्ति म रहनुपर्ने पीडादायी परिस्थितिको सिर्जना गरिदिएको छ,’ पोखरेलले दायर गरेको रिटमा भनिएको छ ।

मन्त्रिपरिषद्को स्वेच्छाचारी निर्णयले सम्पूर्ण सुरक्षा संरचनाको मूल्यमान्यता समाप्त गर्ने र मनोबल गिराउने दिशातर्फ उन्मुख रहेको रिटमा उल्लेख छ । ‘यी सबै तथ्यहरू र कार्यशुलता, कार्यक्षमता र नेतृत्व क्षमतासमेतको आधारमा म निवेदक विपक्ष धीरजप्रताप सिंहभन्दा धेरै अब्बल र उत्कृष्ट रहेको छु,’ उनले रिटमा भनेका छन् ।

धिरजप्रतापलाई आईजीपी बनाउने सरकारको निर्णय बदर गरी ज्येष्ठता, कार्यकुशलता, कार्य क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता, नेतृत्व अनुभव, कार्यसम्पादन मूल्यांकनसमेतका आधारमा आफू आईजीपी हुनुपर्ने पोखरेलको दाबी छ ।

प्रहरी नियमावली, २०७१ को नियम ४१ अनुसार प्रहरी महानिरीक्षकमा बढुवा गर्दा ६ वटा मापदण्डका आधारमा गरिने उल्लेख छ । ज्येष्ठता, कार्यकुशलता, कार्य क्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता र आफूभन्दा तल्लो दर्जालाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्य हुनुपर्ने नियमावलीमा उल्लेख छ । राजधानी दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - ०६:१०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology