Logo

सोमवार, आश्विन २६ गते २०८३

images

एमाले महालक्ष्मीका दुई दर्जन भन्दा बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

एमाले महालक्ष्मीका दुई दर्जन भन्दा बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

दैनिकी न्यूज

१९, बैशाख २०७९
एमाले महालक्ष्मीका दुई दर्जन भन्दा बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
images

ललितपुर । नेकपा (एमाले) महालक्ष्मी नगरसमितिमा कार्यरत दुई दर्जन भन्दा बढी कार्यकर्ताहरु आज नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

एमाले महालक्ष्मी नगर कमिटीमका विदुर थापा, प्रेम लामा र हरिकृष्ण श्रेष्ठको संयोजनमा दुई दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्र ललितपुर जिल्ला संयोजक तथा गठबन्धन तर्फका महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार शिव प्रसाद कट्टेलले टीका खादा लगाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।

नव प्रवेशीका तर्फबाट बिदुर थापाले जनताको सुख दुःखमा साथ सहयोग गर्ने वास्तविक पार्टी माओवादी केन्द्र नै रहेकाले पुरानै घर फर्किएको बताए । बिदुर थापा सहित प्रेम लामा, हरिकृष्ण श्रेष्ठ, आशिष परियार, अजिता लम्साल, सिवरी तिमल्सिना, मणिराम घिमिरे, रघु श्रेष्ठ, राजकुमार श्रेष्ठ, प्रकाश परियार, धिरज भुजेल, कृष्ण विक, बलराम विक, पुर्ण बहादुर पौडेल, रन्जित पौडेल, लालु परियार, सरिता परियार, हरेराम परियार, जानकी परियार लगाएत प्रवेश गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र महालक्ष्मी नगर कमिटी ईन्चार्ज भरत पराजुली, अध्यक्ष श्यामकृष्ण महर्जन, जिल्ला समन्वय समितिका सदस्यहरु लक्ष्मी महर्जन, कृष्णकुमार महर्जन, रामगोपाल श्रेष्ठ, धनकुमार मैनाली लगाएत नगर कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

279556678_699892694689099_203938410793196412_n.jpg

279251996_3308084979422341_2600349322592544871_n.jpg

279264406_382895820518773_6955971089657002079_n.jpg

images
प्रकाशित मिति :बैशाख १९, २०७९ सोमवार - २१:२२:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology