Logo

सोमवार, आश्विन २६ गते २०८३

images

स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी

स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी

दैनिकी न्यूज

१९, बैशाख २०७९
स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी
images

काठमाडौं । सर्वोच्च अदालतले स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी थालेको छ । गोला प्रणाली प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको हो । न्यायपालिकाको विकृति विसङ्गति अध्ययन गर्न गठित समितिले हालको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन सुझाव दिएको थियो ।

समितिले २०७८ मङ्सिरदेखि नै स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउन सुुझाव दिएको थियो तर मङ्सिरबाट गोला प्रणाली लागू भएको थियो । गोला प्रणाली लागू भएको पाँच महिनापछि स्वचालित प्रणालीमा जाने तयारी थालिएको हो । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले स्वचालित प्रणालीको तयारी र जनशक्तिको तालिमलगायतका विषयमा सरकारसँग बजेट माग भएको बताए । आइतबार बसेको सर्वोच्चको पूर्ण बैठक ९फुलकोर्ट०ले बजेट माग गर्ने निर्णय गरेको उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :बैशाख १९, २०७९ सोमवार - ०६:१५:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology