Logo

सोमवार, आश्विन २६ गते २०८३

images

चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

दैनिकी न्यूज

१७, बैशाख २०७९
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशमा स्थानिय वायु, उत्तर प्रदेश देखि पश्चिम बंगालको समथल भू–भागसम्म बनेको न्यून चापिय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहेको छ । देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भईरहेको छ।

२०७९ बैशाख १७ गते (शनिबार) 

दिउँसो : देशको  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र कर्णाली प्रदेश र मधेस प्रदेशका एक- दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ बैशाख १८ गते (आइतबार) 

दिउँसो : देशको  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १,  मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

राती : :  प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश  लगायत बाँकी प्रदेशका  पहाडी भू-भागमा आंशिक बदली देखि सामान्य बदली  रही बाँकी भू-भागमा  आंशिक बदली रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती  प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका भू-भागहरूका थोरै स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। 

images
प्रकाशित मिति :बैशाख १७, २०७९ शनिवार - ०९:३९:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology