Logo

सोमवार, आश्विन २६ गते २०८३

images

टिकट नपाएपछि मकालु गाउँपालिकाका अध्यक्षद्वारा एमाले पार्टी छोडे

टिकट नपाएपछि मकालु गाउँपालिकाका अध्यक्षद्वारा एमाले पार्टी छोडे

दैनिकी न्यूज

१६, बैशाख २०७९
टिकट नपाएपछि मकालु गाउँपालिकाका अध्यक्षद्वारा एमाले पार्टी छोडे
images

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा (एमाले) को साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् ।

प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पोख्रेलले पार्टीभित्र गुटगत नेताहरुको आचरणले गर्दा आफ्नो पार्टीप्रतिको योगदानको अवमूल्यन भएको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

एमालेमा नै बसेर राजनीति गर्न नसकिने भएकाले पार्टी परित्यागको घोषणा गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले आउँदो वैशाख ३० हुने पालिका चुनावमा नेकपा एमालेको तर्फबाट पुनः गाउँपालिका अध्यक्षमा दाबी गर्दै आएका थिए ।

पोख्रेल नेकपा एमाले सङ्खुवासभाका जिल्ला कमिटी सदस्यसमेत हुन्् उनी २०७६ सालको उपचुनावमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

images
प्रकाशित मिति :बैशाख १६, २०७९ शुक्रवार - ११:१५:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology