Logo

सोमवार, आश्विन २६ गते २०८३

images

गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका व्यक्ति पक्राउ

गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका व्यक्ति पक्राउ

दैनिकी न्यूज

१५, बैशाख २०७९
गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका व्यक्ति पक्राउ
images

काठमाडौं । गर्भवती महिलालाई विभिन्न डरत्रास देखाई धम्की दिई जबरजस्ती करणी गरी फरार रहेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङगा बस्ने कैलाली लम्कीचुहा नगरपालिका-२ मोतिपुर ठेगाना भएका ३५ वर्षीय सागर शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गत चैत ८ गते नागढुंगास्थित आफनै घरभित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार भएका शाहीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागढुंगाबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त थानकोट काठमाडौं पठाइएको छ ।

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - ११:२८:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology