Logo

सोमवार, आश्विन २६ गते २०८३

images

बैंकिङ कसुर मुद्दाका फरार एक पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एक पक्राउ

दैनिकी न्यूज

१५, बैशाख २०७९
बैंकिङ कसुर मुद्दाका फरार एक पक्राउ
images

काठमाडौं । प्रहरीले काठमाडौंबाट बैकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ।

काभ्रेपलाञ्चोक पनौती–११ घर भई सुन्धारा बस्दै आएका ३९ वर्षीय सुमन नेपालीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार नेपालीलाई बुधबार बबरमहलबाट पक्राउ गरेको हो।

फागुन १७ गते उच्च अदालत पाटनले नेपालीलाई छ लाख जरिवाना फैसला तोकेको थियो। सो फैसलापछि उनी फरार थिए।

प्रहरीले नेपालीलाई जिल्ला अदालत काठमाडौं पेस गरेको जनाएको छ।

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - ०९:०३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology