Logo

सोमवार, आश्विन २६ गते २०८३

images

एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुने

एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुने

दैनिकी न्यूज

१५, बैशाख २०७९
एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुने
images

काठमाडौं । नेकपा एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी ९एनेकपा० बीच एकता हुने भएको छ।

एनेकपासँग आज एकता गर्न लागिएको एकीकृत समाजवादीका प्रचार विभाग सचिव प्रकाश खतिवडाले बताए।

एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले उनको भनाइ छ।

एकीकृत समाजवादीको कार्यालयमा एकता सभा हुनेछ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एनेकपा अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा एकतासभा हुने भएको हो।

नेकपा एमालेबाट विद्रोह गरी स्थापित भएको नेकपा एकीकृत समाजवादीले कम्युनिष्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ।

स्थापनाको आठ महिनाको अवधिमा करिब १० वटा वामपन्थी विचारका विभिन्न पार्टी तथा मोर्चालाई पार्टीमा समाहित गरिएको पनि एकीकृत समाजवादीको दाबी छ।

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - ०७:४३:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology