Logo

सोमवार, आश्विन २६ गते २०८३

images

भीरबाट मोटरसाइकल खस्दा एक युवकको मृत्यु

भीरबाट मोटरसाइकल खस्दा एक युवकको मृत्यु

दैनिकी न्यूज

१५, बैशाख २०७९
भीरबाट मोटरसाइकल खस्दा एक युवकको मृत्यु
images

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

दरवाङबाट बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले बताए।

दुर्घटनामा किसानको घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ। बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटनमा परेको हो।

उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ। रासस

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - ०७:३३:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology