Logo

सोमवार, आश्विन २६ गते २०८३

images

परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको आग्रह

परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको आग्रह

दैनिकी न्यूज

१४, बैशाख २०७९
परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको आग्रह
images

काठमाडौँ । गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भीडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नपूर्व वा परीक्षा अवधिभर कार्यलय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारको तस्बिर वा भिडियो नलिन आग्रह गरेका हुन्।

उनले परीक्षामा तोकिएका निरीक्षक बाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्ति एकैपटक वा पटक–पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकाले त्यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी दिएका छन्।

images
प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - २१:३१:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology