Logo

सोमवार, आश्विन २६ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

दैनिकी न्यूज

१४, बैशाख २०७९
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
images

कास्की । पोखरा महानगरपालिका–२ अर्चलबोट डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका–१ घर भएका ५० वर्षीय राम बहादुर पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ७ सय ३० रूपैयाँ, ४ बुक तास र १ थान तन्ना सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 

images
प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - १२:३२:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology