Logo

सोमवार, आश्विन २६ गते २०८३

images

फेरि फोहोर उठ्न छाड्यो

फेरि फोहोर उठ्न छाड्यो

दैनिकी न्यूज

१३, बैशाख २०७९
फेरि फोहोर उठ्न छाड्यो
images

काठमाडौं । ठेकेदारले बाटो कालोपत्रे नगरेका कारण राजधानीको फोहोर अनिश्चितकालका लागि रोकिएको छ। तीन दिनअघि अल्टिमेटम दिएका स्थानीयले माग पूरा नगरेको भन्दै पुनः फोहोर रोकेका हुन्। मुख(तीनपिप्ले सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै करिब एक महिनादेखि आन्दोलनरत स्थानीयले काठमाडौँ महानगरपालिकासँग पटकपटक वार्ता गर्दा पनि समस्या समाधान हुन नसकेको भन्दै आइतबारबाट अनिश्चितकालीन रूपमा बन्द गर्ने घोषणा गरेका छन्।

स्थानीय संघर्ष समितिका संयोजक भवनाथ गजुरेलले माग पूरा नभएसम्म कुनै हालतमा फोहोर लैजान नदिने स्पष्ट पारे। उनले भने( ुअब हाम्रो अन्तिम आन्दोलन हो, पटकपटक छलफल गर्दा पनि बाटो नबने पछि अनिश्चितकालीन आन्दोलन गर्नुपरेको हो।ु आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - ०६:२४:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology