ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १८ बाट निर्वाचित वडा अध्यक्ष पुरुषोत्तम खड्का माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आज एक कार्यक्रममा बीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।
उनी ललितपुर महानगर वडा नं १८ मा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट वडाअध्यक्ष निर्वाचित भएका थिए ।
