Logo

सोमवार, आश्विन २६ गते २०८३

images

काठमाडौं महानगरपालिकाका ११६ जनप्रतिनिधिले दिए राजीनामा

काठमाडौं महानगरपालिकाका ११६ जनप्रतिनिधिले दिए राजीनामा

दैनिकी न्यूज

१२, बैशाख २०७९
काठमाडौं महानगरपालिकाका ११६ जनप्रतिनिधिले दिए राजीनामा
images

काठमाडौं । काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजीनामा दिएका छन्। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन उनीहरूले पदबाट राजीनामा दिएका हुन्।

महानगरपालिकाका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार आइतवार साँझसम्म वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले पदत्याग गरेका छन्। यस्तै ८७ वडा सदस्यले पनि राजीनामा दिएका छन्।

स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्न सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ।

वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी आठवटा वडाका अध्यक्षले राजीनामा नदिएको काफ्ले जानकारी दिए। सोमबार अपराह्नसम्म उम्मेदवारी दर्ता गर्ने समय रहेकाले अरुको पनि राजीनामा आउनसक्ने अनुमान गरिएको छ।

कामपामा प्रमुख र उपप्रमुखसहित १६० जनप्रतिनिधि छन्। रासस

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - ०८:१९:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology