काठमाडौं । नेकपा एमालेभित्र उम्मेदवार छनोट प्रक्रिया नमिलेको भन्दै विवाद उत्पन्न भएको छ । खासगरि पार्टीभित्र एमालेका उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारी लगायतले पार्टीभित्र आफू निकटका नेताहरुले टिकट पाउनुपर्ने भन्दै अडान राख्न थालेपछि मध्यमार्गी धार खोज्दा झन विवाद भएको हो।
पोखरा , विराटनगर , ओखलढुंगा, कैलाली, इलाम लगायतका जिल्लामा ‘भूमिगत गुटगत’ समूह हावी भएको स्रोतको दावी छ। उच्च नेताहरुले आफ्नो जिल्ला र आफू निकटका नेताहरुलाई अगाडि सार्न खोज्दा विवाद बढेको छ । आजको नागरिक दैनिकबाट