Logo

सोमवार, आश्विन २६ गते २०८३

images

मन्थली १ मा माओवादी केन्द्रबाट श्याम सुवेदी वडा अध्यक्षमा सिफारिस

मन्थली १ मा माओवादी केन्द्रबाट श्याम सुवेदी वडा अध्यक्षमा सिफारिस

दैनिकी न्यूज

११, बैशाख २०७९
मन्थली १ मा माओवादी केन्द्रबाट श्याम सुवेदी वडा अध्यक्षमा सिफारिस
images

रामेछाप । वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचन नेकपा (माओवादी केन्द्र) मन्थली नगर कमिटीले पुराना बामपंथी नेता श्याम सुवेदी (तेजप्रसाद सुवेदी) लाई मन्थली नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा सर्वसम्मत सिफारिस गरेको छ ।

माओवादी केन्द्रले सुवेदीलाई गठबन्धन हुँदा पनि सुवेदी नै उम्मेदवार हुनेगरी वडा अध्यक्षमा सिफारिस गरेको मन्थली नगर कमिटिको माओवादी केन्द्रका नेता युवराज सुवेदीले जानकारी दिए । श्याम सुवेदी मन्थली नगर भरि नै जनता माझ सामाजिक कार्य गरेर लोकप्रीयता कमाएका ब्यक्तित्व हुन ।

उनले अन्य समाजसेवा सहित बा आमाको सम्झनामा धेरै बालबच्चालाई निःशुल्क पढाइ रहेका छन। रामेछाप जिल्ला र अझ मन्थली नगरमा कम्युनिस्ट आन्दोलनको जग बसाल्ने सुवेदी लामो समय शिक्षण पेशा गरि करिव २० बर्ष अघि ब्यबसायमा आएका थिए ।

व्यवसायमा सफलता माथि सफल मिलिरहेको अबस्थामा केही बर्ष अघिबाट ब्यापार ब्यबसाय छाडेर समाज सेवामा लागेका थिए । अहिले मन्थली मावि ब्यबस्थापन समितिको अध्यक्ष रहेका सुवेदीको भर्खरै सपनाको पानाहरु नामक साहित्यिक कृति पनि प्रकाशित भएको छ।

images
प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - ०७:३९:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology