Logo

सोमवार, आश्विन २६ गते २०८३

images

पत्रकारलाई स्वास्थ्य उपचार कार्ड वितरण

पत्रकारलाई स्वास्थ्य उपचार कार्ड वितरण

दैनिकी न्यूज

१०, बैशाख २०७९
पत्रकारलाई स्वास्थ्य उपचार कार्ड वितरण
images

काठमाडौं । प्रेस सेन्टर मकवानपुरले जिल्लाको जेष्ठ पत्रकार र महिला पत्रकारलाई शनिबार हेटौंडामा स्वास्थ्य उपचार सुविधा कार्ड वितरण गरेको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष जुगल सापकोटा, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टलाई कार्ड वितरण गरेर शुभारम्भ गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष सापकोटाले प्रेस सेन्टर मकवानपुरले उदाहरणीय काम गरेको भन्दै देशैभरका पत्रकार संघसंगठनले सिको गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम अघि बागमती पोलिक्लिक प्रालि हेटौंडा र प्रेस सेन्टर मकवानपुरबिच भएको स्वास्थ्य उपचार सम्बन्धी सम्झौता पत्र हस्तान्तरण पनि गरिएको थियो । प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, समाजवादी प्रेस संगठनका केन्द्रीय उपमहासचिव रामकुमार एलन, अग्रज पत्रकार कमलचन्द्र सुमन, प्रेस यूनियन मकवानपुरकी सृजना नेपाल, संचारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारु मगर, मकवानपुर सचिव शुभलक्ष्मी विश्वकर्मा, प्रेस सेन्टर बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष नानीमैया विष्ट, प्रदेश सदस्यहरु राजु शाश्वत, मिना श्रेष्ठ, प्रेस यूनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, अग्रज पत्रकारहरु सुवर्णलाल श्रेष्ठ, दिपक अधिकारी लगायतको आतिथ्य रहेको थियो ।

images
प्रकाशित मिति :बैशाख १०, २०७९ शनिवार - २०:५९:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology