Logo

सोमवार, आश्विन २६ गते २०८३

images

पाँचजना डिआईजीको सरुवा

पाँचजना डिआईजीको सरुवा

दैनिकी न्यूज

९, बैशाख २०७९
पाँचजना डिआईजीको सरुवा
images

काठमाडौँ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायव महानिरिक्षक (डिआईजी) सरुवा गरेको छ ।

जस अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट मुकुन्द राज आचार्य प्रहरी प्रधान कार्यालय कार्य विभाग निर्देशनालयमा सरुवा भएका छन्।

त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयकी पूजा सिंह बागमती प्रदेश प्रहरी कार्यालय हैटौँडा पुगेकी छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी र्यालयका पुरुषोत्तम कँडेल केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा सरुवा भएका छन्।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट उमेश रञ्जितकारलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ।

त्यसैगरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रकाशजंग कार्कीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अपराध अनुसन्धान निर्देशनालयमा सरुवा गरिएको छ।

images
प्रकाशित मिति :बैशाख ९, २०७९ शुक्रवार - २२:२६:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology