Logo

सोमवार, आश्विन २६ गते २०८३

images

सट्टाबाजीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

सट्टाबाजीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

दैनिकी न्यूज

९, बैशाख २०७९
सट्टाबाजीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ
images

मोरङ । सट्टाबाजीमा संलग्न रहेको अभियोगमा विराटनगर महानगरपालिका–६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र सोही महानगरपालिका(९ बस्ने ४४ वर्षीय भुपेन्द्र कुमार साहलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
भारतमा भइरहेको इण्डियन प्रिमियर लिग क्रिकेटको सट्टावाजी खेल खेलाउने सचिन र खेल खेल्ने भुपेन्द्रलाई नगद २८ हजार ३ सय २५ रुपैयाँ, २ थान मोबाइल र २ थान विभिन्न बैंकको चेक सहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर सट्टाबाजी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :बैशाख ९, २०७९ शुक्रवार - १४:१६:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology