Logo

सोमवार, आश्विन २६ गते २०८३

images

सगरमाथा अक्सिजन प्लाटमा विस्फोट, एक जनाको मृत्यू

सगरमाथा अक्सिजन प्लाटमा विस्फोट, एक जनाको मृत्यू

दैनिकी न्यूज

८, बैशाख २०७९
सगरमाथा अक्सिजन प्लाटमा विस्फोट, एक जनाको मृत्यू
images

ललितपुर । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा अक्सिजनको सिलिण्डर विस्फोट भएको छ । महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक सिद्धिविक्रम थापाका अनुसार औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन उद्योगमा आज विहान १० बजे बिस्फोट भएको हो ।

विस्फोटमा परी एक जनाको मृत्यू, ४ जना घाइते भएको छ । आज बिहान ग्यास भर्ने क्रममा अक्सिजन प्लान्टमा विस्फोट भएको हो ।  मृतकको हालसम्म पनि पहिचान खुलिसकेको छैन।

अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ । घाइते मध्ये तीन जनालाई पाटन अस्पताल र एक जनालाई बी एण्ड बी अस्पताल लगिएको छ।

images
प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - १०:५१:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology