Logo

सोमवार, आश्विन २६ गते २०८३

images

बाग्मती गाउँपालिका अध्यक्षः आफ्नै गाडी भाडामा दिने, आफैं चढ्ने

बाग्मती गाउँपालिका अध्यक्षः आफ्नै गाडी भाडामा दिने, आफैं चढ्ने

दैनिकी न्यूज

८, बैशाख २०७९
बाग्मती गाउँपालिका अध्यक्षः आफ्नै गाडी भाडामा दिने, आफैं चढ्ने
images

ललितपुर । बाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो ‘निजी गाडी’ गाउँपालिकालाई भाडामा लिन लगाएर आफैं चढ्ने गरेको खुलासा भएको छ ।

वडा ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनकी साली हुन् । उनैको नाम रहेको गाडी मासिक भाडा बुझाउने गरी गाउँपालिकाले सम्झौता गरेको पाइएको छ । जुन, गाडी अध्यक्ष लोप्चन चढ्छन् ।

प्राप्त गरेको ‘डकुमेन्ट’अनुसार पालिकाले १ कात्तिक २०७७ देखि २०७८ असार मसान्तसम्म मासिक १ लाख ८० हजार भाडा बुझाउनेगरी सम्झौता गरेको छ । सम्झौतामा ‘सवारी चालक सवारीधनीले उपलब्ध गराउनुपर्ने’ भनिए पनि ‘पालिकाबाटै सवारी चालकको तलबसमेत लिइने गरेको’ उल्लेख छ ।

गाउँपालिकाले अध्यक्षले प्रयोग गर्नेगरी आर्थिक वर्ष २०७४–७५ देखि नै ‘कोटेसन’गरी लोप्चनले पत्नी सीता लोप्चनको नाममा रहेको ‘महिन्द्र स्कारपियो फुल अप्सन फोर ह्विल गाडी’ भाडामा लिएको थियो । सवारी मोडेल, च्यासिस नम्बर A1TA4AJX2A13792 इन्जिन नम्बर SJJ4A11867, बा१८च ९९६८ नम्बर सेतो रङको डिजेल गाडी भाडामा लिइएको थियो ।

‘पत्नीकै नाममा रहेका गाडी भाडामा लिएको ?’ भनी प्रश्न उठ्न थालेपछि साली मखमली घलेको नाममा ‘नामसारी’ गरी आर्थिक वर्ष २०७५–७६ देखि हालसम्म निरन्तर भाडामा लिएर अध्यक्ष आफैं चढिरहेका छन् ।

प्रारम्भमा १ लाख ९४ हजार मासिक भाडामा लिइएको गाडीमा सवारी चालकको तलब सवारी धनीले उपलब्ध गराउ“थ्यो । चालू आर्थिक वर्ष १ साउन २०७८ देखि हालसम्म भाडा वृद्धि गरी १ लाख ९८ हजार कायम गरिएको गाउँपालिका स्रोतले राजधानीलाई बतायो । स्रोतका अनुसार अहिले आफ्नै भतिजोलाई चालक राखेर गाउँपालिकाबाट तलब खुवाउने गरिएको छ । उनले हालै सञ्चालनमा ल्याएको थाङसिंटार अस्पतालमा छोरालाई समेत जागिर दिलाएका छन् ।

गाउँपालिका अध्यक्ष लोप्चनले आफूखुसी खर्च गर्नेगरी ‘जनतासग अध्यक्ष’ शीर्षकबाट वार्षिक १ करोड बजेट कार्यक्रममा ‘अनियमितता भएको’ स्थानीयले आरोप लगाएका छन् । स्रोतका अनुसार कार्यक्रमको बजेट मनपरी तवरले कार्यकर्तालाई बाँड्ने गरिएका छन् ।

स्थानीय तह निर्वाचनपछि गाउँगाउँमा सिंहदरबार परिकल्पना गरिए पनि निर्वाचित पदाधिकारीले नै ‘मनपरी सेवासुविधा’ लिएको पाइएपछि राजनीतिक माहोल तरंगित बन्न पुगेको छ ।

यो खबर आजको राजधानी दैनिक राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - ०७:०३:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology