Logo

सोमवार, आश्विन २६ गते २०८३

images

तालमेलले काँगेसमा चर्को असन्तुष्टि

तालमेलले काँगेसमा चर्को असन्तुष्टि

दैनिकी न्यूज

८, बैशाख २०७९
तालमेलले काँगेसमा चर्को असन्तुष्टि
images

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ। तर, तालमेलका विषयमा सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णयलाई लिएर विराटनगरमा कांग्रेस भने असन्तुष्ट बनेको छ।

विराटनगरको उपमेयर पद जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णय शीर्ष नेता सम्मिलित गठबन्धनले गरेसँगै एक्लै चुनाव लड्ने निर्णय गरेर यसअघि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेको समिति झस्किएको छ।


महानगर समितिले भने यसअघि विराटनगरभित्र कोहीसँग पनि चुनावी तालमेल नगर्ने निर्णय गर्दै मेयर तथा उपमेयरका आकांक्षीमध्येबाट नाम पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरिसकेको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - ०६:५८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology