Logo

सोमवार, आश्विन २६ गते २०८३

images

रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घट्यो

रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घट्यो

दैनिकी न्यूज

८, बैशाख २०७९
रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घट्यो
images

काठमाडौंं । कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घटेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या गत आर्थिक वर्षको तुलना घटेको हो।

गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालू वर्षमा नेपालका काम गर्ने चाहना राख्ने श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या ९ प्रतिशतले घटेको छ। गत वर्षको सो अवधिमा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको सङ्ख्या १ हजार ४१९ रहेकोमा चालू आवको फागुनसम्म १ हजार २९२ रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ। अघिल्ला र आर्थिक वर्षमा भने रोजगारीमा नेपाल आउने बढेका थिए । आजको कारोबार दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - ०६:१३:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology