काठमाडौं – मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यू भएको छ भने एकजना घाइते भएका छन् । मृत्यू हुनेमा जानेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जितबहादुर गोले रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।
चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते हुनुभएको छ । उहाँको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।