Logo

सोमवार, आश्विन २६ गते २०८३

images

३८ हजार घुससहित प्रहरीका सई अख्तियारको फन्दामा

३८ हजार घुससहित प्रहरीका सई अख्तियारको फन्दामा

दैनिकी न्यूज

७, बैशाख २०७९
३८ हजार घुससहित प्रहरीका सई अख्तियारको फन्दामा
images

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई) लाई ३८ हजार रुपैयाँसहित पक्राउ गरेको छ।

गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई आयोगको पोखराबाट खटिएको टोलीले मंगलबार घुससहित पक्राउ गरेको हो।

उनले लेनदेनको विवाद मिलाइ दिन्दु भन्दै सेवाग्राहीसँग ३८ हजार घुस मागेको खुलेको छ। घुस लिएको रकमसहित महतोलाई बागलुङस्थित विपद् व्यवस्थापन गुल्म नजिकैबाट पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

महतोमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।

images
प्रकाशित मिति :बैशाख ७, २०७९ बुधवार - ०७:२६:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology