Logo

सोमवार, आश्विन २६ गते २०८३

images

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात, चामल मात्र १ खर्ब ५० अर्बको

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात, चामल मात्र १ खर्ब ५० अर्बको

दैनिकी न्यूज

७, बैशाख २०७९
पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात, चामल मात्र १ खर्ब ५० अर्बको
images

काठमाडौं । मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न ९चामल, मकै र गहुँ० आयात भएको हो । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपियाँको चामल आयात भएको हो।

यस्तै, सो अवधिमा ६६ अर्ब २५ करोड रुपियाँको मकै र ३३ अर्ब ९० करोड रुपियाँको गहुँ आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । विभागका वरिष्ठ तथ्याङ्क अधिकृत कृष्णराज बजगाईंले वैदेशिक रोजगारीले कृषिमा जनशक्ति अभाव, खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुनु र उपभोग्य वस्तुको खपत बढ्दै जाँदा आयातमा वृद्धि भएको बताए। केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७र७८ मा ५० अर्ब ७९ करोड रुपियाँबराबरको १३ लाख ३४ हजार तीन सय ३१ मेट्रिक टन चामल आयात भएको छ। आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :बैशाख ७, २०७९ बुधवार - ०७:२०:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology