काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सत्ता गठबन्धनलाई सफल बनाउन सहमति र सहकार्यमा जोड दिने भएको छ ।
मङ्गलबार सम्पन्न केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरूले गठबन्धनबाटै निर्वाचनमा जान जोड दिएका छन् ।
बैठकमा सहभागी नेता देव गुरुङले भने , “बैठकमा अनौपचारिक छलफल भयो । सहमति र सहकार्यमा जोड दिने तथा गठबन्धनलाई सफल बनाउने विषयमा सबैको जोड छ । चुनावी रणनीतिबारे पनि छलफल हुने नै भयो ।”
महानगर पालिकामा माओवादीतर्फबाट एक मात्र उम्मेदवार पाउने अवस्था हुँदा उपमहानगर पालिकाको सङ्ख्या बढाउनुपर्ने नेताहरूको माग छ ।
कम्तीमा चार उपमहानगर पालिका माओ वादीले पाउनुपर्ने अडान नेताहरूले बैठकमा राखे का छन् ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएको नेता गुरुङले बताए ।
माओ वादीले गाउँपालिका र नगरपालिकाको उम्मेदवार चयनको जिम्मेवारी स्थानीय पार्टीलाई दिएको छ ।
वडामा वडा कमिटीले सिफारिस गरेपछि पालिका स्तरीय कमिटीले निर्णय गर्ने छ ।
पालिका कमिटीलेपालिका स्तरको उम्मेदवारको सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्ने छ । गोरखापत्र दैनिकमा खबर छ ।