Logo

सोमवार, आश्विन २६ गते २०८३

images

विस्फोटक पदार्थ निर्यातमा भारतको रोक हट्यो

विस्फोटक पदार्थ निर्यातमा भारतको रोक हट्यो

दैनिकी न्यूज

७, बैशाख २०७९
विस्फोटक पदार्थ निर्यातमा भारतको रोक हट्यो
images

काठमाडौं । भारत सरकारले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको एक साता नबित्दै सो निर्णय फिर्ता लिएको छ। भारतको डिपार्टमेन्ट फर प्रमोसन अफ इन्डस्ट्री एण्ड इन्टरनल ट्रेडको गत अप्रिल १२ तारिखमा बसेको बैठकले पूर्वाधार क्षेत्रमा प्रयोग हुने निर्यातजन्य विस्फोटक पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । त्यस्तो निर्णय गरेको एक साता नबित्दै भारत सरकारले सो प्रतिबन्ध फुकुवा गरेको हो।

भारतको डिपार्टमेन्ट फर प्रमोसन अफ इन्डस्ट्री एण्ड इन्टरनल ट्रेडले सोमबार विस्फोटक पदार्थमा गरेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो। सो प्रतिबन्धसँगै नेपालको पूर्वाधार निर्माणमा आवश्यक पर्ने विस्फोटक पदार्थको अभाव भई निर्माण कार्य प्रभावित हुने सम्भावना बढेको थियो तर भारत सरकारले फुकुवा गरेसँगै निर्माण क्षेत्र प्रभावित नहुने भएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :बैशाख ७, २०७९ बुधवार - ०६:०८:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology