Logo

सोमवार, आश्विन २६ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको ठुलादुर्लुङका सिवाकोटी पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको ठुलादुर्लुङका सिवाकोटी पक्राउ

दैनिकी न्यूज

६, बैशाख २०७९
जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको ठुलादुर्लुङका सिवाकोटी पक्राउ
images

ललितपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाङ्काल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सिवाकोटीले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक जबरजस्ती करणी गर्दै आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ६, २०७९ मंगलवार - १५:१८:५२ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology