काठमाडौं । आज बिहान बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बिहान ६ बजेर तीन मिनेट जाँदा ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो।
भूकम्पले गरेको क्षतिको विवरण आएको छ्रैन। गएको चैत ९ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर पनि ४ दसमलब २ म्याग्निच्युडको भूकम्प गएको थियो।