Logo

सोमवार, आश्विन २६ गते २०८३

images

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

दैनिकी न्यूज

५, बैशाख २०७९
सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै
images

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठक आज बस्दै छ । बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच भागबन्डाका विषयमा छलफल हुनेछ । विशेष गरी महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डामा सकस देखिएको छ ।

आइतबार गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा भागबन्डा टुंग्याई शीर्ष नेतृत्वलाई रिपोर्ट बुझाउने तयारी थियो । तर, दलहरू आ-आफ्नै अडानमा रहँदा बैठक निष्कर्षविहीन बन्यो ।

स्रोतका अनुसार नेपाली कांग्रेसले ६ वटै महानगरपालिकामा आफ्नो दाबी प्रस्तुत गरेको थियो । नेकपा ९माओवादी केन्द्र०ले भरतपुर महानगर छाड्न मानेन भने दुईवटा उपमहानगरमा पनि दाबी कायमै राख्यो ।

नेकपा (एकीकृत समाजवादी) ले महानगरपालिकामा पोखरा मागेको छ भने उपमहानगरमा बुटवल, हेटौँडा र इटहरी मागेको छ । जनता समाजवादी पार्टी (जसपा)ले पहिल्यैदेखि वीरगन्ज दाबी गरेको छ । शीर्ष नेताको बैठकमा विस्तृत छलफल गरेर भागबन्डा टुंगो लगाउने तयारी छ ।

यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय निर्धारण गरेको छ ।

images
प्रकाशित मिति :बैशाख ५, २०७९ सोमवार - ०८:५९:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology