Logo

सोमवार, आश्विन २६ गते २०८३

images

स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु

स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु

दैनिकी न्यूज

४, बैशाख २०७९
स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु
images

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १२ डाँडाखर्कमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। अरु पाँचजना घाइते भएका छन् ।

घाइते मध्ये गम्भीर अवस्थामा रहेका दुईजनालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी कास्कीको गण्डकी अस्पताल रेफर गरिएको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । अरुको तीनजना घाइतेको स्याङ्जामै उपचार भइरहेको छ ।

ग १ ज ७३९९ नम्बरको जिप बिहान सवा १० बजेतिर दुर्घटनामा परेको हो । प्रहरी टोली उद्धारका लागि घटनास्थलमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ४, २०७९ आइतवार - १२:३९:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology