Logo

सोमवार, आश्विन २६ गते २०८३

images

२१ वर्षअघि कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादी पक्राउ

२१ वर्षअघि कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादी पक्राउ

दैनिकी न्यूज

३, बैशाख २०७९
२१ वर्षअघि कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादी पक्राउ
images

सुर्खेत । सुर्खेत प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादीलाई पक्राउ गरेको छ ।

सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका ८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज शुक्रवार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ ।

प्रहरीकाअनुसार विसं २०५२ चैत २ गते जिल्ला अदालतको फैसलाअनुसार जन्मकैद सजायमा कारागारमा रहेका शाही २०५८ माघ २ गते सुरुङ खनेर भागेका भागेका थिए । विशेष सुराकीका आधारमा प्रदेश प्रहरी ब्युरो र प्रहरी चौकी बड्डीचौरबाट खटिएको प्रहरी टोलीले बराहताल गाउँपालिका भट्टेघारीबाट शाहीलाई पक्राउ गर्न सफल भएको हो ।

images
प्रकाशित मिति :बैशाख ३, २०७९ शनिवार - ०५:५६:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology