Logo

सोमवार, आश्विन २६ गते २०८३

images

८ लाख ३४ हजार नगदसहित ललितपुरको ठैवबाट ११ जुवाडे पक्राउ

८ लाख ३४ हजार नगदसहित ललितपुरको ठैवबाट ११ जुवाडे पक्राउ

दैनिकी न्यूज

१, बैशाख २०७९
८ लाख ३४ हजार नगदसहित ललितपुरको ठैवबाट ११ जुवाडे पक्राउ
images

ललितपुर । गोदावरी नगरपालिका वडा नं. १४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा राजेश लगायत ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्यमा गोदावरी–१३ बस्ने वर्ष ३३ को नितेश भन्ने कृष्ण थापा, गोदावरी–३ का वर्ष ४४ को सुमन पुरी, वर्ष ४८ को सुदर्शन सुवेदी, वर्ष ४४ को कुमार तामाङ, वर्ष ३४ का सुनिल लामा तामाङ गोदावरी–१४ ठैवका ४२ वर्षका राजेश महर्जन, गोदावरी–१ का ३५ वर्षिय विजय थापा, वर्ष ४२ को कमल कार्की, गोदावरी–१० टाखेलका २८ वर्षका सन्तोष दुलाल र जिल्ला पाँचथर कुम्पाक गाउँपालिका वडा नं. १ घरभई हाल गोदावरी–३ बसपार्क बस्ने वर्ष ५३ को प्रेम बहादुर फेउदिन रहेका छन् ।

विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १, २०७९ बिहिवार - १८:१२:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology