Logo

सोमवार, आश्विन २६ गते २०८३

images

विप्लव नेकपा परित्याग गर्दै केन्द्रीय सदस्यदेखि दर्जनौं केन्द्रीय नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश

विप्लव नेकपा परित्याग गर्दै केन्द्रीय सदस्यदेखि दर्जनौं केन्द्रीय नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश

दैनिकी न्यूज

१, बैशाख २०७९
विप्लव नेकपा परित्याग गर्दै केन्द्रीय सदस्यदेखि दर्जनौं केन्द्रीय नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश
images

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। आज बिहीबार खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरु, संविधान सभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जन बढी नेता तथा कार्यकर्ता पार्टी प्रवेश गर्नुभएको हो।

पार्टी प्रवेश गर्नेहरुमा श्रवण, मुक्ति, राप्ती, पूर्व जिल्ला इन्चार्च तथा व्यूरो सदस्य पुकार, घाइते अपांग योद्धा संघका पर्वत, पूर्व ब्यूरो सदस्य तथा संविधान सभा सदस्य आवश्यकता, पूर्व ब्यूरो सदस्य क्षितिज, पूर्व बटालियन कमाण्डर बिहानी, पूर्व कम्पनी कमाण्डर करण, सोपान, रविन, मोहित, वकिल जनक सिंह, पूर्व ब्यूरो सदस्य दोभान रहनुभएको छ।

त्यसैगरी दलित मोर्चाका पूर्व अध्यक्ष कृष्ण बिक, शिक्षक संगठनका रण ब। भण्डारी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य दीपक भण्डारी, पूर्व कम्पनी भिसी तुफान, संगम, राजकुमार, जिल्ला सदस्य पार्टी भक्त वयक, पूर्व प्लाटुन कमाण्डर विष्णु तिमिल्सिना, सर्वजित रावल, ममता बोहरासहित कैलालीबाट १३ जना जिल्ला कमिटी सदस्यहरु इश्वरी चन्द, गंगा सिंह, जानकी तिमिल्सिना, राज बहादुर बुढा, धादिङका पूर्व जिल्ला सदस्य बुद्ध गुरुङ, रसुवा पूर्व जिल्ला सदस्य चेरोङ तामाङ,

विशेष फोर्स सदस्य देवा लामा, नेकपा माओवादी केन्द्र समाजवादी पोलिटब्यूरो सदस्य ज्ञानु बम र केन्द्रीय सदस्य हरि नेपाली रहनुभएको छ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले जनयुद्दकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको बताउनुहुँदै अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीति अन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताउनु भयो।

पार्टीमा अन्तरविरोध भए पनि पार्टी विभाजन गल्ती भएको बताउँदै जनयुद्धको गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा जोड दिनुभयो। जनयुद्दकालदेखिका कतिपय प्रसंगको चर्चा गर्दै प्रचण्डले यो ध्रुवीकरणले ठूलो सन्देश दिएको बताउँदै समाजवादी क्रान्तिका लागि अघि बढ्न परिवर्तकामी सबै कम्युनिष्टहरु ध्रुबीकरण हुन अपील गर्नुभयो।

अधुरो क्रान्ति पूरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीहरुको रिहाईका लागि आफूले पहल गर्ने समेत उहाँले बताउनु भयो। विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा फसाएको भन्दै नवप्रवेशीहरुले माओवादी आन्दोलनको केन्द्रका रुपमा रहेको प्रचण्ड नेतृत्वको माओवादीमा समाहित हुने निर्णय गरेको बताउनु भयो। नव प्रवेशीहरुका तर्फबाट बोल्दै नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ ले क्रान्तिमा विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्दकै उपलब्धि खोस्ने शक्तिहरुलाई लाभ पुग्ने आशंका उत्पन्न भएको बताउनु भयो।

images
प्रकाशित मिति :बैशाख १, २०७९ बिहिवार - १७:५९:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology