बारा । जितपुरसिमरा उपमहानगरपालिका–१६ डकाह टोल बस्ने २८ वर्षीय सागर सिंजाली मगरको भरुवा बन्दुक पड्केर बुधबार राति मृत्यु भएको छ ।
सोही ठाउँस्थित दुधौरा खोलामा माछा मारी फर्कने क्रममा खोलाको सिरु घारीमा सिकारीले जंगली जनवारको लागि थापेको बन्दुकको धरापमा पर्न जाँदा उक्त भरुवा बन्दुक पड्किँदा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममामा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले उक्त स्थानबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।