Logo

सोमवार, आश्विन २६ गते २०८३

images

काठमाडौं उपत्यकाको मौसम एक्कासी बद्ली

काठमाडौं उपत्यकाको मौसम एक्कासी बद्ली

दैनिकी न्यूज

१, बैशाख २०७९
काठमाडौं उपत्यकाको मौसम एक्कासी बद्ली
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा सामान्यतया मौसम सफा रहेको छ।

२०७९ बैशाख ०१ गते (बिहिबार) 

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली  रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ बैशाख ०२ गते (शुक्रवार) 

दिउँसो : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली  रहि बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ।प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ बैशाख ०३ गते (शनिवार) 

दिउँसो : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रहि बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ।प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

 

images
प्रकाशित मिति :बैशाख १, २०७९ बिहिवार - ०७:४६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology